पोखरामा चितवनलाई माथ गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला « Khabarhub

पोखरामा चितवनलाई माथ गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला



पोखरा– चितवनको भरतपुरपछि गण्डकी प्रदेशको राजधानी पोखरामा पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । रंगशालाको विस्तृत परियोजना विवरण (डीपीआर)समेत तयार भइसकेको छ ।

पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलमा नेपालकै सबैभन्दा उत्कृष्ट १८ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निर्माणका लागि झण्डै १६ लाख लागतमा डीपीआर तयार भइसकेको छ । प्रदेश सरकार गठन भएको तीन वर्षपछि प्रदेश सरकारले उक्त क्षेत्रको भोगाधिकार प्राप्त गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरअनुसार रंगशालाको प्रमुख द्वारबाट भित्र छिरेपछि पर्यटकीय क्षेत्रहरु फेला ताल, बेगनाश ताल, सराङकोट, घोरेपानी पदमार्ग, शान्ति स्तुपाको झल्को दिलाउने तस्विरहरु राखिनेछन् ।

पोखराका पर्यटकीय स्थलहरु मात्र होइन, गण्डकी प्रदेशका पर्यटकीय स्थलहरु गोरखा दरबार, उपल्लो मुस्ताङ, तिलिचो ताल, तालबाराही पर्यटकीय स्थलहरुकासाथै मुक्तिनाथ मन्दिर, कालिका मन्दिर, विन्दबासिनीजस्ता प्रसिद्ध धार्मिक स्थलहरुको तस्विरले खेल हेर्न आउने दर्शकहरुलाई लोभ्याउने छ ।

रंगशाला परिसरमा बनाइने सुन्दर बगैंचाका साथै पानीका कृत्रिम झरनाहरु, अफिसियल तथा विशिष्ट ब्यक्तिहरुका लागि सवारी पार्किङ तथा सानाठूला गाडीहरु प्रशस्त अटाउने पार्किङ स्थल रहनेछन् ।

रंगशाला मैदान बाहिरको परिसरमा क्रिकेटको अभ्यास मैदानका साथै रंगशालाको सबै मापदण्डअनुसार निर्माण गरिने सचिव काफ्लेले बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखाका उपसचिब तेजप्रसाद काफ्लेका अनुसार रंगशालाको डीपीआर तयार भई जग्गाको संरक्षण र जग्गा सम्याउने काम शुरु गर्न लागिएको छ ।

रंगशाला निर्माण गर्न लागिएको क्षेत्रको पश्चिमतर्फ सेतीनदीले कटान गरी क्षति गर्ने गरेकाले कटान नियन्त्रणका लागि महानगरसँग समन्वय भएको सचिव काफ्लेले बताए । नदी तटबन्धका लागि प्रदेश सरकारले पोखराको २९ र ३३ नम्बर वडासँग समन्वय गरिएको छ ।

१ अर्ब ६० करोड लागतमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : २५ बजे

उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको