पोखरामा चितवनलाई माथ गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला « Khabarhub

पोखरामा चितवनलाई माथ गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला



पोखरा– चितवनको भरतपुरपछि गण्डकी प्रदेशको राजधानी पोखरामा पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । रंगशालाको विस्तृत परियोजना विवरण (डीपीआर)समेत तयार भइसकेको छ ।

पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलमा नेपालकै सबैभन्दा उत्कृष्ट १८ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निर्माणका लागि झण्डै १६ लाख लागतमा डीपीआर तयार भइसकेको छ । प्रदेश सरकार गठन भएको तीन वर्षपछि प्रदेश सरकारले उक्त क्षेत्रको भोगाधिकार प्राप्त गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरअनुसार रंगशालाको प्रमुख द्वारबाट भित्र छिरेपछि पर्यटकीय क्षेत्रहरु फेला ताल, बेगनाश ताल, सराङकोट, घोरेपानी पदमार्ग, शान्ति स्तुपाको झल्को दिलाउने तस्विरहरु राखिनेछन् ।

पोखराका पर्यटकीय स्थलहरु मात्र होइन, गण्डकी प्रदेशका पर्यटकीय स्थलहरु गोरखा दरबार, उपल्लो मुस्ताङ, तिलिचो ताल, तालबाराही पर्यटकीय स्थलहरुकासाथै मुक्तिनाथ मन्दिर, कालिका मन्दिर, विन्दबासिनीजस्ता प्रसिद्ध धार्मिक स्थलहरुको तस्विरले खेल हेर्न आउने दर्शकहरुलाई लोभ्याउने छ ।

रंगशाला परिसरमा बनाइने सुन्दर बगैंचाका साथै पानीका कृत्रिम झरनाहरु, अफिसियल तथा विशिष्ट ब्यक्तिहरुका लागि सवारी पार्किङ तथा सानाठूला गाडीहरु प्रशस्त अटाउने पार्किङ स्थल रहनेछन् ।

रंगशाला मैदान बाहिरको परिसरमा क्रिकेटको अभ्यास मैदानका साथै रंगशालाको सबै मापदण्डअनुसार निर्माण गरिने सचिव काफ्लेले बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखाका उपसचिब तेजप्रसाद काफ्लेका अनुसार रंगशालाको डीपीआर तयार भई जग्गाको संरक्षण र जग्गा सम्याउने काम शुरु गर्न लागिएको छ ।

रंगशाला निर्माण गर्न लागिएको क्षेत्रको पश्चिमतर्फ सेतीनदीले कटान गरी क्षति गर्ने गरेकाले कटान नियन्त्रणका लागि महानगरसँग समन्वय भएको सचिव काफ्लेले बताए । नदी तटबन्धका लागि प्रदेश सरकारले पोखराको २९ र ३३ नम्बर वडासँग समन्वय गरिएको छ ।

१ अर्ब ६० करोड लागतमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : २५ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी