नेप्से आज पुनः ओरालो | Khabarhub Khabarhub

नेप्से आज पुनः ओरालो


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १७ करोड ४१ लाख ८४ हजार २३९ बराबरको कारोबार भयो ।

यस्तै हिमाल दोलखा हाइड्रोपावर रु १० करोड ६२ लाख ७६ हजार १३७, नेपाल पुनर्बीमा कम्पनी रु सात करोड ८१ लाख ६१ हजार १७६, अरुण भ्याली हाइड्रो पावर रु सात करोड सात लाख ७० हजार ९९०, एचआइडिसिएल रु चार करोड ५६ लाख ४२ हजार ३९३, नेपाल बैंक लिमिटेड रु चार करोड २९ लाख ४४ हजार १७८ र युनिभर्सल पावरको रु चार करोड दुई लाख ३९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, हिमालयन ऊर्जा विकास कम्पनी ९.९३, आँखु खोला जलविद्युत् कम्पनी ९.९०, घलैम्दी हाइड्रोपावर ९.९०, युनाइटेड मोदी हाइड्रोपावर ९.७२ र युनिभर्सल पावरका लगानीकर्ताले ९.६५ प्रतिशतले आर्जन गरेका छन् । त्यस्तै सपोर्ट लघुवित्त ३.६२, रिलायन्स फाइनान्स ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३०, साल्ट ट्रेडिङ कर्पोरेसन २.७४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : १४ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको