पूर्वकप्तान थापा बने मनास्लु कलेजको ब्रान्ड एम्बासडर « Khabarhub

पूर्वकप्तान थापा बने मनास्लु कलेजको ब्रान्ड एम्बासडर


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनास्लु वर्ल्ड कलेजले फिफा र एएफसीको प्रतिबन्धमा रहेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि गरिएको हो ।

कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको धारणा व्यक्त गरे ।

प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताउदै खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको संरक्षण गर्न मनास्लु सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्ध जनाए ।

पूर्वकप्तान थापाले टिमसँग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिँदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नु पर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसीपअन्तर्गत समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेश विरुद्ध खेलको अन्तिम समयमा फ्रिकिकमार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो ।

यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो । मनास्लुले फुटबलका साथै बास्केतबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : १५ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई