मुटु जोगाउन जीवनशैली सुधारौँ | Khabarhub Khabarhub

मुटु जोगाउन जीवनशैली सुधारौँ


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मन लगाऔँ, मुटु बचाऔँ ।’ यो हो यस वर्षको विश्व मुटु दिवसको नारा ।

मुटुको रोगबारे जनचेतना फैलाउन मद्दत पुर्‍याउने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाइन्छ ।

नेपाल हार्ट फाउण्डेशनको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत मानिसमा मुटुसम्बन्धी कुनै न कुनै रोग छ । १८ वर्षमाथिको जनसंख्याको ३० प्रतिशतमा उच्च रक्तचापको समस्या छ । नेपालमा हृदयाघातबाट एक वर्षमा कम्तीमा ३० हजार व्यक्तिको मृत्यु हुन्छ । बाथ मुटुरोगबाट वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

नेपालका कुल जनसंख्याको १० प्रतिशत मानिसमा मधुमेह र २५ प्रतशितमा कोलस्टेरलको समस्या छ । कोरोना संक्रमणका कारण नियमित उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्यामा कमी आएको अस्पतालहरूको तथ्यांक छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मुटु रोगका कारण विश्वमा वर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुनेगरेको छ । यीमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका हुन्छन् । सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या वार्षिक २ करोड ५० लाख पुग्ने अनुमान छ ।

मुटुसम्बन्धी, मिर्गौला सम्बन्धी, दम लगायतका दीर्घ रोगीमा कोरोना संक्रमणको जोखिम उच्च रहेको र उनीहरूमा संक्रमण भए मृत्युको सम्भावना पनि बढी हुने चिकित्सकहरूले बताएका छन् । यस्तो समयमा मुटुरोगीहरूले विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए ।

‘कोरोनाबाट सबैभन्दा धेरै असर दीर्घ रोगीहरूलाई परेको छ,’ डा. रेग्मीले भने, ‘मुटुको रोग भएकाहरूलाई कोरोना संक्रमण भयो भने सबैभन्दा धेरै जोखिम हुन्छ, मृत्युदर पनि मुटुरोग भएका संक्रमितमा बढी छ । हामीले मुटुरोगीहरूलाई सावधान हुनुस् भनिरहेका छौँ ।’

मुटुसम्बन्धी रोग भएका तथा नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरू अति आवश्यक नपरी घरबाहिर ननिस्कन डा. रेग्मीको सुझाव छ ।

उच्च रक्तचाप र हृदयाघात भएका तथा पेस मेकर हालिएका व्यक्तिहरू घरबाहिर निस्कन नहुने उनले बताए ।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरूमा संक्रमण बढेको छ । घरमा सुरक्षित रहेका बिरामीहरू पर्याप्त सावधानी नअपनाई अस्पताल जाँदा त्यहीँबाट संक्रमण सर्न सक्ने जोखिम पनि उत्तिकै छ ।

अस्पतालहरूमा चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचारका लागि पुग्ने बिरामी जोकोहीमा पनि कोरोना संक्रमण हुने सम्भावना भएकाले सामान्य अवस्थामा अस्पताल नजान र सकेसम्म चिकित्सकहरूसँग भर्चुअल माध्यमबाट परामर्श लिन डा. रेग्मीको सुझाव छ ।

उनी भन्छन्, ‘अत्यधिक छाती दुखेको, रक्तचाप धेरै बढेको, सुगर लेवल धेरै बढेको, चक्कर लागेर बेहोस भएको, सास फेर्न गाह्रो भएको अवस्थामा अस्पताल नै जानुपर्छ ।’ कोरोना संक्रमणबाट बच्न अनिवार्यरूपमा मास्क र फेस सिल्ड लगाउन डा. रेग्मीको सुझाव छ ।

सामान्य अवस्थामा अक्सिजन नाप्ने अक्सिमिटर, ज्वरो नाप्ने थर्मोमिटर र रक्तचाप परीक्षण गर्ने सामग्रीहरू घरमै राखेर मुटुरोगीको अवस्था थाहा पाउन सकिने पनि उनको भनाइ छ ।

‘डा. रेग्मी भन्छन्, ‘अहिले कोभिड—१९ को समयमा मुटुका रोगीहरूलाई सहयोग गरौँ । परिवारमा र छिमेकमा कोही मुटुरोगी छ भने मास्क नलगाई उसको नजिक नजाऔँ । अरूसँग सम्पर्क नगराऔँ, सुरक्षित राखौँ भन्ने उदेश्य हो ।’

मुटु बचाउन तन, मन, धन, बुद्धि, विवेक, दयामाया सबै प्रयोग गर, मुटु रोगीलाई सहयोग गर, जीवनशैली सुधार गर, खानपिनमा ध्यान देऊ, रक्तचाप र सुगर नियन्त्रणमा राख भन्ने मुटु दिवसको मुख्य सन्देश रहेको डा. रेग्मीले बताए ।

मुटुको जीवनशैलीसँग सम्बन्धित छ । स्वस्थकर जीवनशैलीले मात्र मुटुरोग नियन्त्रणमा मद्दत पुग्छ ।

मैदाले बनेको, धेरै गुलियो, धेरै चिल्लो, तारेको, तयारी पेय पेयपदार्थ, धुमपमान, मद्यपान, मोटोपन लगायतले मुटुको रोग निम्त्याउँछन् । धेरै मानसिक तनाव नलिन र हलुका व्यायाम गर्न चिकित्सकहरूको सुझाब छ । स्वस्थकर जीवनशैली नै रोगबाट बच्ने मुख्य उपाय हो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : २६ बजे

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।

अध्यादेश ल्याएर भए पनि सहकारीकाे पैसा फिर्ता गर्छु : गृहमन्त्री

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको