रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने « Khabarhub

रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सका अनुसार खोप नेपाल पठाउन सम्झौता भइसकेको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो ।

नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेको समेत दाबी गरिएको छ ।

फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्‍ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । ‘ट्रिनिटी कम्पनीलाई धन्यवाद! खोपका लागि सम्झौता भइसकेको छ,’ उनको भनाइ छ ।

यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरिसकेको छ ।

रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यो खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भनिएको छ ।

यता फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीले यसबारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले यो कम्पनी औषधि उत्पादकभन्दा आयातकर्ता मात्रै हुन सक्ने बताए । साथै उनले ट्रिनिनीका बारेमा एसोसियसनलाई केही खबर नगरेको पनि बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : १९ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,