डा. गोविन्द केसीको समर्थनमा त्रिवि अस्पतालका रेसिडेन्ट डाक्टरहरूले गरे दीप प्रज्वलन « Khabarhub

डा. गोविन्द केसीको समर्थनमा त्रिवि अस्पतालका रेसिडेन्ट डाक्टरहरूले गरे दीप प्रज्वलन


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै १९ औं अनसन बसीरहेका डाक्टर केसीको जीवनरक्षाको कामना गर्दै टिचिङ अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले त्रिवि शिक्षण अस्पतालको प्रवेशद्धारमा सेभ जीकेसी भन्दै दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले डाक्टर केसी अनसन बसेको १६औं दिन भइसक्दा पनि डा केसीको मागप्रति सरकारले कुनै चासो नदिएको भन्दै सरकारलाई ब्युुँझाउन र डा केसीको जीवनरक्षाको कामना गर्दै दीप प्रज्वलन गरेको नेसनल रेसिडेन्ट डाक्टर्स एसोसियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताए ।

डा केसीको माग सम्बोधनका लागि दबाव दिँदै उनीहरुले केही दिन अघिदेखि हातमा कालो पट्टि बाँधेर सेवा दिइरहेका छन् । उनीहरुले डा केसीको माग सम्बोधन गरी सरकारले उनको जीवन रक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।

विभिन्न प्रदेशहरुमा मेडिकल कलेज सञ्चालन लगायत विभिन्न मागहरु राख्दै जुम्लाबाट भदौ २९ गतेदेखि अनसन शुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

डा केसीको स्वास्थ्य निगरानीमा खटिएका चिकित्सकहरुले डा केसीको स्वास्थ्यअवस्था जटिल बन्दै गएको बताएका छन् ।

अनसनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गए पनि उनको माग पूरा गर्ने सम्बन्धमा सरकारले कुनै पहल नगरेको भन्दै मेडिकल विद्यार्थी तथा उनका समर्थकहरुले विरोधका कार्यक्रमहरु समेत गर्न थालेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : २३ बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार