डा. गोविन्द केसीको समर्थनमा त्रिवि अस्पतालका रेसिडेन्ट डाक्टरहरूले गरे दीप प्रज्वलन « Khabarhub

डा. गोविन्द केसीको समर्थनमा त्रिवि अस्पतालका रेसिडेन्ट डाक्टरहरूले गरे दीप प्रज्वलन


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै १९ औं अनसन बसीरहेका डाक्टर केसीको जीवनरक्षाको कामना गर्दै टिचिङ अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले त्रिवि शिक्षण अस्पतालको प्रवेशद्धारमा सेभ जीकेसी भन्दै दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले डाक्टर केसी अनसन बसेको १६औं दिन भइसक्दा पनि डा केसीको मागप्रति सरकारले कुनै चासो नदिएको भन्दै सरकारलाई ब्युुँझाउन र डा केसीको जीवनरक्षाको कामना गर्दै दीप प्रज्वलन गरेको नेसनल रेसिडेन्ट डाक्टर्स एसोसियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताए ।

डा केसीको माग सम्बोधनका लागि दबाव दिँदै उनीहरुले केही दिन अघिदेखि हातमा कालो पट्टि बाँधेर सेवा दिइरहेका छन् । उनीहरुले डा केसीको माग सम्बोधन गरी सरकारले उनको जीवन रक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।

विभिन्न प्रदेशहरुमा मेडिकल कलेज सञ्चालन लगायत विभिन्न मागहरु राख्दै जुम्लाबाट भदौ २९ गतेदेखि अनसन शुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

डा केसीको स्वास्थ्य निगरानीमा खटिएका चिकित्सकहरुले डा केसीको स्वास्थ्यअवस्था जटिल बन्दै गएको बताएका छन् ।

अनसनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गए पनि उनको माग पूरा गर्ने सम्बन्धमा सरकारले कुनै पहल नगरेको भन्दै मेडिकल विद्यार्थी तथा उनका समर्थकहरुले विरोधका कार्यक्रमहरु समेत गर्न थालेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : २३ बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको