कोरोनाका कारण बन्द रहेका बाँकी क्षेत्र पनि खोल्ने तयारी « Khabarhub

कोरोनाका कारण बन्द रहेका बाँकी क्षेत्र पनि खोल्ने तयारी


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञापछि सेवा सञ्‍चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्नेबारे छलफल गरेको छ । यसबारे मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड-१९ का कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्नेबारे छलफल गरेको हो ।

बैठकले रोकिएका बाँकी सेवाहरू सुचारू गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्‍ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ, त्यसको खाका तयार गरेर लिएर आउने र फेरि त्यसमा छलफल गरेर निर्णयमा पुग्‍ने भन्‍ने निर्णय भएको छ।’

बैठकले तेस्रो मुलुकबाट उद्धार जारी रहेको अवस्थामा त्यसलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ।

सचिव गुरागाईंका अनुसार बैठकमा तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्दार गर्न बाँकी नेपाली नागरिकहरुको उद्धार गर्नेबारे पनि निर्णय भएको छ ।

यसैगरी बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ४१ बजे

संसद्‍बाट केहीबेरमै हिँडेका बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा झुल्किएका प्रधानमन्त्री

सरकारलाई अर्को झट्का : निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं- प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई सूचना-विज्ञापन नदिन

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवहेलना

काठमाडौं– सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल