‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक « Khabarhub

‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व मुटु दिवसका अवसरमा आज ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ ।

कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गर्नुभएको छ । बाथ–मुटु रोगीका विविध पक्षलाई रसिलो र सरल भाषामा उनले प्रस्तुत गरेका छन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा प्रकाशराज रेग्मीद्वारा लिखित उक्त पुस्तकको शताब्दी पुरूष सत्यमोहन जोशीले आज सार्वजनिक गर्दै पुस्तकमा रहेका कुराले मानिसलाई मुटु स्वस्थ राख्न सिकाउने बताए । यसमा नेपाली समाजको चित्रण गर्दै मुटु रोगीको वेदनाका साथ सङ्घर्षको कथासमेत समेटिएको उनले बताए ।

नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुनाका साथै वार्षिक आठ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंँगो र जटिल शल्यक्रिया हुने गरेको छ ।

पुस्तकमा सामान्य जस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयङ्कर रूप धारण गर्न पुग्छ, अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास गरिएको लेखक डा रेग्मीले जानकारी दिए ।

केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुनपानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यही गलत घरेलु उपचारशैलीका कारण आज लाखौंँ बालबालिका बाथ–मुटुरोग जस्तो भयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षेनी विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सख्या दुई करोड ७५ लाख छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ ।

रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजारौं बालबालिकाको ज्यान बचाउन सकिने र हजारौंँ युवालाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा रेग्मी बताउँछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ५४ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन