विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु « Khabarhub

विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ६९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५७ हजार ४५४ जनाको मृत्यु भएको छ । ९१ लाख ५ हजार २३७ जना संक्रमित भएकोमा ३६ लाख ४ हजार ८३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ७ : ०८ बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार