उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने « Khabarhub

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ ।

उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन् ।

राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।

उज्वेक राष्ट्रपतिले निजी क्षेत्रलाई बिक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ वटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ वटा सम्पत्ति पनि बिक्री गरिने छ ।

उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र सूचना प्रविधि समेतका छन् । उज्वेक कानुन मन्त्रीका अनुसार यी कम्पनीहरु पूर्ण रुपमा निजीकरण हुनेछन् ।

सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ ।

सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ३५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका