उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने « Khabarhub

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ ।

उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन् ।

राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।

उज्वेक राष्ट्रपतिले निजी क्षेत्रलाई बिक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ वटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ वटा सम्पत्ति पनि बिक्री गरिने छ ।

उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र सूचना प्रविधि समेतका छन् । उज्वेक कानुन मन्त्रीका अनुसार यी कम्पनीहरु पूर्ण रुपमा निजीकरण हुनेछन् ।

सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ ।

सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ३५ बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया