सांसद महेश बस्नेतसहित परिवारका आठै जना कोरोना मुक्त « Khabarhub

सांसद महेश बस्नेतसहित परिवारका आठै जना कोरोना मुक्त


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतसहित उनका परिवारका आठै जना कोरोना संक्रमण मुक्त भएका छन् ।

बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जनामा घर मै आइसोलेसनमा बसेको १५ दिनपछि कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

परिवारका सबै सदस्य कोरोना मुक्त भएपछि दशैँको चहलपहल सुरू भएको सांसद बस्नेतले बताए ।

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै आमाले कोरोनालाई परास्त गरेर दशैँको टीकासंगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बस्नेतले बताए ।

‘कोरोनालाई परास्त गर्नुभएको आमाले टीका लगाउँदा हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिनुभयो,’ बस्नेतले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहनुभएका  बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ भएको थियो । उनीहरू सबैको बुधबार रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : २५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको