बारामा प्रहरी र तस्करको झडपमा हवाई फायर, एक बालकसहित तीन प्रहरी घाइते | Khabarhub Khabarhub

बारामा प्रहरी र तस्करको झडपमा हवाई फायर, एक बालकसहित तीन प्रहरी घाइते


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा प्रहरी तस्करबीच झडप हुँदा एक बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।

सुवर्णपुर गाउँपालिकामा बुधबार साँझ ७ बजेतिर भएको झडपमा  प्रहरी १२ राउन्ड हवाइफायरसमेत गरेको थियो ।

सोक्रममा १४ वर्षीय रन्जन यादव घाइते भएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको अपरेशन गरिएको छ।

तस्करहरूले ल्याएका ६ बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरू प्रहरीमाथि नै जाइलागेपछि झडप भएको पंगेनीले बताए ।

सोक्रममा १२ राउन्ड हवाईफायर भएको र एक जना सईसहित तीन प्रहरी घाइते भएको उनले बताए । उनीहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ।

 

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ४३ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र