विस्फोटक पदार्थ र हतियासहित विप्लव समूहका नेता पक्राउ « Khabarhub

विस्फोटक पदार्थ र हतियासहित विप्लव समूहका नेता पक्राउ


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा विस्फोटक पदार्थ र हतियारसहित विप्लव समूहका नेता पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्डअन्तर्गतको कम्पनी कमिसनरसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेकपा (विप्लव समूह) का व्यक्तिहरु हातहतियार र खरखजनासहित मिक्लाजुङबाट पक्राउ परेका हुन् । स्थानीय बासिन्दासँग चन्दा असुली भइरहेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

मिक्लाजुङ गाउँपालिका १ घुर्मिसेस्थित बिजुलीप्रसाद तिम्सिनाको खाली घरबाट पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका ६ बस्‍ने कर्ण राईको छोरा वर्ष १८ को कमरेड सनम भन्‍ने विज्ञान राई र सप्तरीको सुरुङ्‍गा नगरपालिका २ बस्‍ने षडानन्द घिमिरेका ३२ वर्षीय छोरा प्रतीक भन्‍ने काशीनाथ घिमिरे छन् ।

जिउ शरीर तथा उनीहरु बसेको स्थान समेतमा खानतलासी गर्दा हातहतियार खरखजना, विस्फोटक पदार्थ, विप्लव समूहको दस्ताबेज र बन्दोबस्तीका सामानहरुसमेत फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान सोधपुछ गर्दा काशीनाथ घिमिरे नेकपा विप्लव समूहको पूर्वी कमान्ड मेची-कोसी ब्युरो चौथो कम्पनीका कम्पनी कमिसनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) मानबहादुर राईले बताए ।

उनीहरुको साथबाट प्रहरीले नालसहितको भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा एक बट्टा, हाई एक्सप्लोसिभ विस्फोटक पदार्थ (जिलेटिन) दुई प्याकेटमा तीन केजी, सुतली बम दुई थान, सकेट बम एक थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाइटर ६ थान, १२ भोल्टको ब्याट्री एक थान, चार बट्टा लो एक्सप्लोसिभ गन पाउडर र बारुद्ध, एक थान पिलास, पार्टीको दस्ताबेज, डायरीलगायत विभिन्‍न बन्दोबस्तीका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने डीएसपी राईले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ११ : ५२ बजे

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि