एक महिनामा २ हजार ५ सयलाई ट्राफिकको अनलाइन सेवा « Khabarhub

एक महिनामा २ हजार ५ सयलाई ट्राफिकको अनलाइन सेवा


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाईसेन्स, बिलबुक र पर्मिट हराएको सिफारिस हालसम्म २ हजार ५ सय जनालाई अनलाइनमार्फत सेवा प्रदान गरेको छ ।

सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई थप प्रविधिमैत्री बनाउन तथा कोभिड-१९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै ट्राफिक महाशाखाले असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाईनबाटै बनाउन मिल्ने बनाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हराएको लाईसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

उनले ट्राफिक कार्यालय गएर कोभिड १९ को यस महामारीको समयमा पनि भीडभाडमा लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिनुपर्ने दिनको अन्त्य भईसकोले सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिनहुन पनि विशेष अनुरोध गरे।

दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइन मार्फत १ हजार ३८४ जनाले लाइसेन्स, १ हजार ६९ जनाले बिलबुक र ४७ जनाले पर्मिट हराएको बारेमा निवेदन दर्ता गराएकोमा १ हजार ७१० जनालाई अनलाइनबाटै सिफारिस दिई सकेको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

उनले बाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, डब्बल निवेदन दिएका ७९० वटा निवेदन रिजेक्ट गरिएको पनि बताए ।

कसरी लिने त अनलाइन सेवा ?

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।

वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाइन एप्लिकेसन भित्र लस्ट डकुमेन्टस एप्लिकेसन (Lost Document Application)मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भए बमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो । त्यो सेलेक्ट गरेपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सब्मिट (Submit) वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ। सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन ।

यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन । सो सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

त्यस्तै, महाशाखाले हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था गरेको छ । यसको लागि सवारी धनीले ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।

वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १ : २२ बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका