एक्लाएक्लै भेटवार्ता छाडेर बैठकबाट निकास खोज्न ओलीलाई प्रचण्डको सन्देश | Khabarhub Khabarhub

एक्लाएक्लै भेटवार्ता छाडेर बैठकबाट निकास खोज्न ओलीलाई प्रचण्डको सन्देश


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । शीर्ष नेताहरुबीच कुरा नमिल्दा केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता पनि पातलिएको छ ।

अहिले दुई अध्यक्षले भेटवार्ता गरेका छैनन् । यसअघि आपसी छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्थे भने अहिले झण्डै १० दिनदेखि प्रचण्डले ओलीलाई भेटेका छैनन् ।

भेटघाट नभएपनि दुवै अध्यक्षबीच सन्देश आदानप्रदान भने भइरहेको सचिवालयले जनाएको छ । दुवै अध्यक्षले दोस्रो तहका नेतामार्फत सन्देश आदानप्रदान गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत दुई अध्यक्षबीचको सन्देश आदान प्रदान चलिरहेको छ ।

ओलीले छलफल नै नगरी मन्त्रिपरिषद विस्तार गरेको, पार्टीका आन्तरिक गतिविधिमा परामर्श नगर्ने गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि ओलीले छलफल गर्न प्रचण्डलाई बोलाएका थिए ।

प्रचण्डलाई भेटवार्ताका लागि बोलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए ।

प्रचण्डले ओलीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।

त्यस्तै प्रचण्डले एक्लाएक्लै भेटवार्ताको अर्थ नभएको भन्दै बैठकबाट निकास खोज्ने प्रधानमन्त्रीलाई सन्देश पठाएको सचिवालयले जनाएको छ ।

उनले पार्टीको आन्तरिक गतिविधिदेखि रअ प्रकरण तथा पर्सा घटनालगायतका विषय टु‌ग्याउन सामूहिक निर्णय लिनुपर्ने बताएका थिए ।

भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरित ओलीले बालुवाटारमा भेटवार्ता गरेको भन्दै नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।

त्यसअघि कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो ।

पछिल्लो समय पर्सामा नेकपाका एक स्थानीय नेताको हत्या प्रकरणले पनि पार्टीमा समस्या निम्तिएको छ । राजनीतिक दबाबमा प्रहरीले घटनामा संलग्नविरुद्धको जाहेरी लिन मानेको छैन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ३ : ०९ बजे

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका

विपद्‍मा मधेस : चालु आर्थिक वर्षमै ४२२ को मृत्यु

महोत्तरी – मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्‍मा परी ४२२

राज्य व्यवस्था र पूर्वाधार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन

युइएफए नेसन्स लिग : स्पेनलाई हराउँदै विजेता बन्यो पोर्चुगल

काठमाडौं – आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा