चौरसिया हत्या प्रकरणमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता « Khabarhub

चौरसिया हत्या प्रकरणमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ ।

बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो ।

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि स्थानीयले  विरोध तथा धर्ना कार्यक्रम गर्दै आएका थिए ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो ।

जाहेरी दर्तासंगै अब आफन्तले शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्ने जनाइएको छ ।

विन्दावासिनी गाउँपालिकाका सचिव समेत रहेका जिल्ला सदस्य चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई  पक्राउ गरिसकेको छ ।

यस्तो छ जाहेरी

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ३१ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं