साउदीले ‘कफाला’ प्रणाली हटाउँदै, आप्रवासी कामदार लाभान्वित हुने « Khabarhub

साउदीले ‘कफाला’ प्रणाली हटाउँदै, आप्रवासी कामदार लाभान्वित हुने



दोहा- साउदी अरबले २०२१ मा कफाला प्रणाली हटाउने भएको छ । साउदीले आगामी वर्ष अर्थात सन् २०२१ को ६ महिनाभित्र नै कफाला अन्त्य गर्ने जनाएको हो।

साउदीको मानव संशाधन मन्त्रालयका अनुसार कफाला प्रणाली हटाउने विषयमा सामाजिक विकास मन्त्रालयले आगामी हप्ता औपचारिक घोषणा गर्ने छ ।

सात दशकदेखि रहँदै आएको कफाला प्रणालीको अन्त्य भएपछि रोजगार करार सम्झौता कार्यान्वयनमा आउनेछ ।

कफाला प्रणालीको खारेजी भएपछि नेपालीसहित आप्रवासी  कामदारहरूलाई एक्जिट र पुनः प्रवेश भिसा सुरक्षित गर्ने, प्रायोजक बिना अन्तिम राहदानी निकास टिकट प्राप्त गर्ने र प्रायोजकको स्वीकृति बिना रोजगार पाउने स्वतन्त्रता प्राप्त गर्ने छन् ।

यसअघि साउदी अरेबियाले सन् २०२० को मार्चमा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने जनाएको भए पनि  कोभिड १९ को महामारी फैलिएसँगै ढिलाइ भएको जनाइएको छ।

कफला प्रणाली हटेपछि नेपालीसहित १० लाख भन्दा बढी अप्रवासी श्रमिकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

के हो कफाला प्रणाली ?

आप्रवासी कामदार सम्बन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार तथा दायित्व रोजगारदातामा रहने प्रणाली नै कफाला हो ।

यस प्रणालीमा कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ। कामदारको काम, बसाई र आवत-जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गरेको हुन्छ ।

त्यसैगरी कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट एक्जिट भिसा नपाएसम्म मुलुक छाड्न नपाउने प्राबधान बनाइएको हुन्छ ।

के हुन्छ कफला प्रणालीमा ?

• रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
• रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, काम,
• रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
• रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य बीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा के गर्न पाइँदैन ?

• काम मन परेन, गाह्रो भयो, शारीरिकरुपमै काम गर्न सकिन भनी काम छाड्न पाइँदैन।
• रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा स्पोन्सोर परिवर्तन गर्न पाइँदैन।
• रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म मुलुक छाड्न पाइँदैन
• मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म शव स्वदेश जाँदैन।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ०१ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग