साउदीले ‘कफाला’ प्रणाली हटाउँदै, आप्रवासी कामदार लाभान्वित हुने « Khabarhub

साउदीले ‘कफाला’ प्रणाली हटाउँदै, आप्रवासी कामदार लाभान्वित हुने



दोहा- साउदी अरबले २०२१ मा कफाला प्रणाली हटाउने भएको छ । साउदीले आगामी वर्ष अर्थात सन् २०२१ को ६ महिनाभित्र नै कफाला अन्त्य गर्ने जनाएको हो।

साउदीको मानव संशाधन मन्त्रालयका अनुसार कफाला प्रणाली हटाउने विषयमा सामाजिक विकास मन्त्रालयले आगामी हप्ता औपचारिक घोषणा गर्ने छ ।

सात दशकदेखि रहँदै आएको कफाला प्रणालीको अन्त्य भएपछि रोजगार करार सम्झौता कार्यान्वयनमा आउनेछ ।

कफाला प्रणालीको खारेजी भएपछि नेपालीसहित आप्रवासी  कामदारहरूलाई एक्जिट र पुनः प्रवेश भिसा सुरक्षित गर्ने, प्रायोजक बिना अन्तिम राहदानी निकास टिकट प्राप्त गर्ने र प्रायोजकको स्वीकृति बिना रोजगार पाउने स्वतन्त्रता प्राप्त गर्ने छन् ।

यसअघि साउदी अरेबियाले सन् २०२० को मार्चमा नै कफाला प्रणाली अन्त्यको घोषणा गर्ने जनाएको भए पनि  कोभिड १९ को महामारी फैलिएसँगै ढिलाइ भएको जनाइएको छ।

कफला प्रणाली हटेपछि नेपालीसहित १० लाख भन्दा बढी अप्रवासी श्रमिकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

के हो कफाला प्रणाली ?

आप्रवासी कामदार सम्बन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार तथा दायित्व रोजगारदातामा रहने प्रणाली नै कफाला हो ।

यस प्रणालीमा कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ। कामदारको काम, बसाई र आवत-जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गरेको हुन्छ ।

त्यसैगरी कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट एक्जिट भिसा नपाएसम्म मुलुक छाड्न नपाउने प्राबधान बनाइएको हुन्छ ।

के हुन्छ कफला प्रणालीमा ?

• रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
• रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, काम,
• रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
• रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य बीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा के गर्न पाइँदैन ?

• काम मन परेन, गाह्रो भयो, शारीरिकरुपमै काम गर्न सकिन भनी काम छाड्न पाइँदैन।
• रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा स्पोन्सोर परिवर्तन गर्न पाइँदैन।
• रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म मुलुक छाड्न पाइँदैन
• मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले एक्जिट भिसा नलगाएसम्म शव स्वदेश जाँदैन।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ०१ बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन