जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित « Khabarhub

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा साविक विजेता बायर्नले स्टुटगार्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

स्टुटगार्डको मैदानमा एक गोलले पछि परेको बायर्नले पुनरागमन जित निकालेको हो ।

खेलको २०औँ मिनेटमा टानगुए काउलीबलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

३८औँ मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए ।

४५औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

खेलको ८८औँ मिनेटमा डुग्लास कोष्टाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।

जितसँगै लिग लिडर बायर्नले ९ खेलमा २२ अंक जोडेको छ । स्टुटगार्ड ११ अंक जोडेर लिगको १०औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : ४८ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती