अमेरिकामा थप १ लाख ४३ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा थप १ लाख ४३ हजारमा संक्रमण


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३६ लाख १० हजार ३५७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८० लाख ४१ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५२ लाख ९६ हजार ८६४ जनामध्ये २४ हजार ६४७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २१६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७२ हजार २५४ पुगेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना