ला लिगामा रियल पराजित « Khabarhub

ला लिगामा रियल पराजित


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलले जारी सिजनमा तेस्रो हार बेहोरेको छ ।

रियलविरुद्ध अल्भासका लागि खेलको ५औँ मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाए ।

दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाए ।

रियलका लागि भने कासिमेरोले ८६औँ मिनेटमा एक गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

हारसँगै रियल १७ अंकसहित पाँचौं स्थानमा छ । अल्भास भने १३ अंकसहित नवौं स्थानमा छ ।

रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल मात्र जितेको छ । २ खेल बराबरी खेल्दा ३ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ३५ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती