यी दिनमा शारीरिक सम्पर्क राखे अशुभ « Khabarhub

यी दिनमा शारीरिक सम्पर्क राखे अशुभ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सांसरिक जीवनमा विवाह अनिवार्य हो भने शारीरिक सम्पर्क प्राकृतिक आवश्यकता नै हो ।

तर, शारीरिक सम्पर्क स्त्री पुरूषको मिलनबारेमा पनि शास्त्रहरूमा उल्लेख गरिएको छ ।

व्रह्मवैवर्त पुराणको व्रह्म खण्ड २७–२९–३८ मा स्त्री पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।

पुराणमा स्‍त्री-पुरुष म‌िलनका लागि केही दिन अशुभ भनेर उल्लेख गरिएको छ ।

ती दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन ।

उक्त दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने कुरा पुराणमा उल्लेख गरिएको छ ।

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मान्ने गरिन्छ । साथै औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने व्रह्मवैवर्तक पुराणमा उल्लेख छ ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध गर्नु अशुभ मानिएको छ ।

३. सक्रान्तिमा पनि जोडीहरुबीचको शारीरिक मिलन अशुभ मान्ने गरिन्छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचमा शारीरिक सम्पर्क नगर्दा नै राम्रो हुने ब्रह्मवैवर्तक पुराण उल्लेख छ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथिमा पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । ती दिनमा शारीरिक सम्बन्ध नराख्नु उचित हुने पुराणमा उल्लेख छ।

५. साथै पुराणमा आइतवारसमेत शारीरिक मिलनका लागि अशुभ मानिएको छ ।

६. श्राद्धको समय अर्थात् पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन नहुनु नै राम्रो हुने पुराणमा उल्लेख छ ।

७. पुराणले व्रत बसेको कुनै पनि समयमा स्त्री-पुरुषलाई सहवास गर्न तथा तिलको तेल खान र लगाउन निषेध गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ३१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा