चिनियाँ रक्षामन्त्री काठमाडौँमा | Khabarhub Khabarhub

चिनियाँ रक्षामन्त्री काठमाडौँमा


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो काठमाडौँ आइपुगेका छन् ।

२१ सदस्यीय प्रतिनिधिमण्डलसहित उनी  बिहान १० : ३५ बजे काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा गएर उनले दिउँसो २ बजे प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ ।  जंगीअड्डामा नेपाली सेनाको टोलीले फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ ।

लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । त्यसपछि उनी आजै साँझ नेपालबाट बंगलादेश प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’