११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा « Khabarhub

११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा



पोखरा– गण्डकी प्रदेशका ११ वटा पालिका कोभिड १९ व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले ११ प्रदेशका जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमणको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको ११ स्थानीय तहको सूची गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।

उत्कृष्ट व्यवस्थापन गर्नेको सूचीमा कास्कीको पोखरा लेखनाथ महानगरपालिकासहित ११ वटै जिल्लाका एक एक वटा स्थानीय तह परेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका, पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका, नवलपरासीपूर्वको देवचुली नगरपालिका उत्कृष्ट स्थानीय तहको सूचीमा परेका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपरासी (ब.स.पू) उत्कृष्ट व्यवस्थापनको सूचीमा परेका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : ५५ बजे

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, बागमतीका मुख्यमन्त्री

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ

काठमाडौँ – झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना

मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुर – प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल