शेयर बजारमा नयाँ रेकर्ड, एकै दिन ९ अर्ब २२ करोड ७३ लाखको कारोबार  « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, एकै दिन ९ अर्ब २२ करोड ७३ लाखको कारोबार 


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारमा आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ। शेयर बजारमा आइतबार अहिलेसम्मकै धेरै रू. ९ अर्ब २२ करोड ७३ लाख बराबरको कारोबार भएको छ।

गत बिहीबार पनि नेप्सेमा रू‍. ७ अर्ब ६१ करोडको कारोबार भएको थियो। आज शेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेर १ हजार ९६८ विन्दु पार गरेको छ। यो नेप्सेको अहिलेसम्मकै उच्च रेकर्ड हो।

ब्यांकिङ समूहअन्तर्गतका शेयरको मूल्य बढेपछि त्यसको प्रभाव नेप्से परिसूचकमा परेको हो। आइतबार ब्यांकिङ समूह ७.८१ प्रतिशतले बढेको छ।

यो समूहका कयौं कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। विकास ब्यांक समूह पनि ८.११ प्रतिशतले बढेको छ। जीवन बीमा, लघुवित्त, जलविद्युत, वित्त लगायतका समूह बढेका छन्। तर, व्यापार, होटल, निर्जीवन बीमा तथा उत्पादनमूलक समूह भने घटेका छन्।

आइतबार सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट ब्यांक, सेन्चुरी ब्यांक, नेपाल इन्भेष्टमेन्ट ब्यांक, सनराइज ब्यांक, माछापुच्छ्र्रे ब्यांक, मुक्तिनाथ विकास ब्यांक, मेगा ब्यांक नेपाल बंगलादेश ब्यांक, महालक्ष्मी विकास ब्यांक, प्रभु ब्यांक लगायतका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा नाफा कमाए। आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ।

बजार उत्साहजनक ढंगमा बढ्दा पनि ५६ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत नोक्सान बेहोरे। आँखुखोला जलविद्युतका लगानीकर्ताले ६.२५ प्रतिशत घाटा बेहोरे।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको रू. ५१ करोड ८० लाख बराबरको शेयर कारोबार भयो। दोस्रोमा कुमारी ब्यांकको रू. ४० करोड ८० लाख बराबरको शेयर किनबेच भयो। शेयर बजारमा २ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको थियो।

ब्यांक तथा वित्तीय संस्थाको सस्तो ब्याजदर, रेमिटेन्सको उत्साहप्रद आप्रवाह लगायतका कारणले शेयर बजार बढेको अनुमान गरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : ०४ बजे

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका