२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको जानकारी दिएको छ ।

जसमध्ये गत २४ घण्टामा १ हजार २५५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा ३, पाँचथरमा २, मोरङमा ७३, संखुवासभामा ७, सोलुखुम्बुमा ७ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २ र सिरहामा ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २१, चितवनमा २६, दोलखामा ७, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासी पूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नलवपरासीमा २, पाल्पामा १२, प्यूठानमा ३, बर्दियामा ७, बाँकेमा १७ र रुपन्देहीमा ३५ जना कोरोना स‌क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएका छैनन्। सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १५, कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बझाङमा ७ र बतैडीमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : २० बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।