ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार  « Khabarhub

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार 

'मनोगत' र 'दलीय पूर्वाग्रह'बाट अभिप्रेरित भएको ठहर


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै अस्वीकार गरेको छ।

आइतबार गएको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए।

उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारी प्रचार सामाग्री बनाइएको आरोप लगाए।

उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई सरकारले अस्वीकार गर्छ। सरकारविरुद्ध भ्रम छर्ने र तथ्यलाई बङ्ग्याएर पर्चा सामाग्री तयार पारिएको छ। यसले जनालाई जनतालाई भड्काउन खोज्यो।’

गुरुङले गत वर्ष सुशासनको मामिलामा उल्लेख्य सुधार गरेको नेपालले एक वर्षकै अवधिभा भ्रष्टाचार बढ्यो र प्रधानमन्त्री संरक्षक भन्नु आपत्तिजनक तथ्यहीन भएको दाबी गरे। रुल अफ लको इन्डेक्समा नेपालमा एसियाकै उत्कृष्ट सूचीमा परेको अवस्थामा ट्रान्सपरेन्सीले गलत रिपोर्ट दिएको उल्लेख गरे।

गुरुङले राजतन्त्रको पक्षमा पछिल्ला दिन देशका मुख्य शहरमा भएको प्रर्दशनलाई ‘पुनःउत्थानवादी र प्रतिक्रियावादी’हरुको चलखेलको संज्ञा दिए। ‘पुनःउत्थानवादी र प्रतिक्रियावादीको चलखेल बढेको बेलामा रिपोर्ट सार्वजनिक गरियो।

सरकारविरुद्ध अभियान चलेका बेला गत जुनमा तयार पारेको रिपोर्ट अहिले सार्वजनिक गर्नु नियोजित हो, प्रवक्ता गुरुङले भने। उनले सरकारको विरोधमा लागेका व्यक्तिहरुलाई छानि छानि सोधेर रिपोट बनाइएको दाबी गरे।

‘जो जो सरकारविरुद्ध लागेका छन्। उनीहरुसँग टेलिफोनबाट सोधियो। सरकारप्रति वितृष्णा जगाउन खोजिएको छ, उनले भने।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : २८ बजे

लेतेदेखि कोरलासम्म रोकिएका लामबद्ध कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक