ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार  « Khabarhub

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार 

'मनोगत' र 'दलीय पूर्वाग्रह'बाट अभिप्रेरित भएको ठहर


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै अस्वीकार गरेको छ।

आइतबार गएको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए।

उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारी प्रचार सामाग्री बनाइएको आरोप लगाए।

उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई सरकारले अस्वीकार गर्छ। सरकारविरुद्ध भ्रम छर्ने र तथ्यलाई बङ्ग्याएर पर्चा सामाग्री तयार पारिएको छ। यसले जनालाई जनतालाई भड्काउन खोज्यो।’

गुरुङले गत वर्ष सुशासनको मामिलामा उल्लेख्य सुधार गरेको नेपालले एक वर्षकै अवधिभा भ्रष्टाचार बढ्यो र प्रधानमन्त्री संरक्षक भन्नु आपत्तिजनक तथ्यहीन भएको दाबी गरे। रुल अफ लको इन्डेक्समा नेपालमा एसियाकै उत्कृष्ट सूचीमा परेको अवस्थामा ट्रान्सपरेन्सीले गलत रिपोर्ट दिएको उल्लेख गरे।

गुरुङले राजतन्त्रको पक्षमा पछिल्ला दिन देशका मुख्य शहरमा भएको प्रर्दशनलाई ‘पुनःउत्थानवादी र प्रतिक्रियावादी’हरुको चलखेलको संज्ञा दिए। ‘पुनःउत्थानवादी र प्रतिक्रियावादीको चलखेल बढेको बेलामा रिपोर्ट सार्वजनिक गरियो।

सरकारविरुद्ध अभियान चलेका बेला गत जुनमा तयार पारेको रिपोर्ट अहिले सार्वजनिक गर्नु नियोजित हो, प्रवक्ता गुरुङले भने। उनले सरकारको विरोधमा लागेका व्यक्तिहरुलाई छानि छानि सोधेर रिपोट बनाइएको दाबी गरे।

‘जो जो सरकारविरुद्ध लागेका छन्। उनीहरुसँग टेलिफोनबाट सोधियो। सरकारप्रति वितृष्णा जगाउन खोजिएको छ, उनले भने।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : २८ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै