चिनियाँ रक्षामन्त्रीद्वारा शितल निवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट « Khabarhub

चिनियाँ रक्षामन्त्रीद्वारा शितल निवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ रक्षामन्त्री वेइ फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार साँझ  राष्ट्रपति कार्यालय शितल निवासमा उनले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् ।

भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।

फेङ्हे आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका थिए । विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : १९ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी