यो साता विदेशमा कोरोना संक्रमित ६ नेपालीको मृत्यु « Khabarhub

यो साता विदेशमा कोरोना संक्रमित ६ नेपालीको मृत्यु


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरस (कोभिड–१९) का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

यो संगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले जनाएको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो ।

स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार सााझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमित मध्येको ९१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ०९ बजे

आफैंलाई मोसो दल्दै माओवादी छाडेका रहबरलाई फाप्यो रास्वपा, फराकिलो मतान्तरले विजयी

बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले