छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ « Khabarhub

छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही गोनाही नगरपालिका–२ करुनिया लक्षमिनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

आरोपी सबैले घटना स्वीकार गरिसकेको तथा उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान गरिरहेको उपरीक्षक शाहले जानकारी दिए ।

उपरीक्षक शाहका अनुसार आरोपी बाबु रामअयोध्याकी छोरी अमृताको छिमेकी सोसिन्द्र भगतसँग पछिलो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनको प्रमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ साल असारमा सर्लाही विशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गरेका थिए ।

अमृता केही महिना सर्लाही विशुनपुरमा रहेपछि उनका श्रीमान्

रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा श्रीमान् पक्षले अमृता र उनका प्रेमी सोसिन्द्रमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त घटनापछि अमृता माइतीघर लौकाहामै बस्दै आएकी थिइन् र गत असारमा श्रीमान्सँग सम्बन्ध विच्छेद भएको थियो । माइती बसेकी छोरी अमृता प्रेमी सोसिन्द्रसँग भागेमा समाजमा हाम्रो इज्जत जान्छ भन्ने उनका बाबुआमाले छोरीलाई कुनै बहानामा भारतमा लगेर परोहाका छोटेलाल साहलाई रु एक लाख ५० हजार दिएर हत्या गराउने बुबा रामअयोध्या र अर्का ज्वाइँ देवाही गोनाही–२ करुनियाका लक्ष्मण साहले मिलेर योजना बनाएको थियो ।

योजनाअनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिनाअघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माइतीमै आएर बसिरहेकी थिइन् ।

बुबा रामअयोध्या र ज्वाइँ लक्षुमणले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्षमिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न रु एक लाखको सुपारी दिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कात्तिक २६ गते राति आमासँग आफ्नो घरमै सुतिरहेका बेला हत्या गरेको बताइएको छ ।

आमा उठेर शौचालय जाँदा राति साढे ११ः०० बजे अमृताको कञ्चटमा गोली हानी हत्या गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । घटनापछि मृतकका श्रीमान्, प्रेमी र परिवारका सदस्यको अनुसन्धान गर्दै जाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको प्रहरी उपरीक्षक शाहले बताए ।

अन्य छ जना आरोपी यसअघि नै पक्राउ परे पनि मुख्य योजनाकार कैमुल भने सर्लाही मलङ्गवामा लुकीछिपी बसेको अवस्थामा आजै पक्राउ परेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : २३ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव