म्यामारका लागि भारतीय राजदूतद्वारा योङगोन कोभिड-१९ उपचार केन्द्रलाई खाद्य सामग्री सहयोग « Khabarhub

म्यामारका लागि भारतीय राजदूतद्वारा योङगोन कोभिड-१९ उपचार केन्द्रलाई खाद्य सामग्री सहयोग


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाएको छ भने अर्थतन्त्रलाई धराशायी बनाएको अवस्था छ ।

यस्तो संकटको अवस्थामा गरिब तथा कमजोर मुलुकहरु निकै समस्यामा परेका छन् । ती मुलुकहरुमा दैनिक उपभोग्य सामग्रीको पनि अभाव हुने स्थिति सिर्जना भएको छ ।

यस्ता अति संकटमा परेका मुलुकहरुलाई सम्पन्‍न मुलुकहरुले विभिन्‍न किसिमका सहयोगहरु गर्दै आइरहेका छन् । जसमा भारतले पनि महामारीविरुद्ध लड्‍न विभिन्‍न मुलुकहरुलाई सहयोग गरिरहेको छ ।

भारतले महामारीकबीचमा छिमेकी मुलुकहरुलाई सहयोग पुर्‍याउने प्रयासको एक हिस्साको रूपमा म्यानमारको योङगोन जनरल अस्पताल कोभिड-१९ उपचार केन्द्रमा सहयोग प्रदान गरेको छ ।

म्यानमारका लागि भारतीय राजदूत सौरभ कुमारले योङ्‌गोन जनरल अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा शनिबार खाना सहयोग गरेको म्यानमारस्थिति भारतीय दूतावासले जनाएको छ ।

गत महिना म्यानमारको भ्रमणको क्रममा सेना प्रमुख जनरल एमएम नरवणे र विदेश सचिव हर्षवर्धन श्रिंगलाले कोरोनाविरुद्धो उपचारमा प्रभावकारी मानिएको रेमडेसिभिर औषधि सहयोग गरेका थिए ।

उनीहरुले म्यानमारका राज्य सल्लाहकार आङसाङ सुचीलाई तीन हजार भायल रेम्डेसिभिर औषधि सहोग गर्नै महामारीविरुद्ध लडाईंमा थप सहयोग गर्ने प्रतिबद्धता व्षक्त गरेका थिए । भारतीय खोप विकास प्रतिष्ठानहरूले पनि खोपहरू उपलब्ध हुने बित्तिकै म्यानमारलाई प्राथमिकता दिन भारतको इच्छुकतालाई संकेत गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ४३ औं महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रिय समुदायलाई भारतको कोरोना भाइरस खोप उत्पादन र वितरण क्षमताले सबै मानवजातलाई महामारीविरूद्ध लड्न मद्दत पुर्‍याउने आश्वासन दिएका थिए ।

“विश्वको सबैभन्दा ठूलो खोप उत्पादन गर्ने देशको रूपमा म आज विश्वव्यापी समुदायलाई अझ एक आश्वासन दिन चाहन्छु । भारतको खोप उत्पादन र वितरण क्षमता यस संकटसँग लड्न सम्पूर्ण मानवतालाई सहयोग पुर्‍याउने छ । भारत र हाम्रो छिमेकीमा हामी “भारतमा तेस्रो चरणको क्लिनिकल परीक्षणको साथ अगाडि बढिरहेका छौं । भारतले सबै देशहरूलाई उनीहरूको शीत श्रृंखला र भण्डारन क्षमता अभिवृद्धि गर्न पनि सहयोग पुर्‍याउनेछ,” उनले भने ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु