प्रिमियर लिग : लेस्टरसँग क्रिस्टल प्यालेसको बराबरी « Khabarhub

प्रिमियर लिग : लेस्टरसँग क्रिस्टल प्यालेसको बराबरी


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हार्वे बार्न्सले अन्तिम समयको बराबरी गोलसंगै लेस्टर प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।

सोमबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा लेस्टरले उसलाई अंक बाढ्न बाध्य पार्‍यो ।

खेल सकिन ७ मिनेटअघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए ।

खेलमा अग्रता घरेलु टोलीले विल्फर्ड जाहाको गोलमा ५८औँ मिनेटमा लिएको थियो । एन्ड्रोस टाउनसेन्डको पासमा जाहाले क्रिस्टललाई अघि बढाएका थिए ।

बराबरीसँगै एक अंक जोडेको लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान २९ अंक भए पनि एभर्टनलाई गोल अन्तरका आधारमा पछि पार्दै लेस्टर दोस्रो स्थानमा छ । क्रिस्टल १९ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ५१ बजे

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार