पहिरोपीडितको घर बनाउन जग्गा खरिद « Khabarhub

पहिरोपीडितको घर बनाउन जग्गा खरिद


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ ।

पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घर भत्किएको थियो । आठको मृत्यु र एक जना बेपत्ता भएका थिए ।

घरवास गुमाएका मध्ये एकको काठमाडौँमा घर छ । बीस जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा सङ्घले खरिद गरेको हो । रु २० लाखमा बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गर्नुभएका दल शेरबुजाले बताए ।

सो जग्गामा घर निर्माण गरेर पहिरोपीडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ । स्वदेश तथा विदेशमा रहेका बिमवासीले आर्थिक स्रोत जुटाएका हुन् । वडाध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म आठ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका जानकारी दिए । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले १० घर बनाउने तयारी गरेको छ ।

उनीहरुको पुनःवासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरवास गुमाएकालाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ४५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले