अमेरिकामा एकैदिन १ हजार ९६६ संक्रमितको मृत्यु « Khabarhub

अमेरिकामा एकैदिन १ हजार ९६६ संक्रमितको मृत्यु


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एकैदिन १ हजार ९६६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार १८२ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख ९६ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७७ लाख ४१ हजार ७१५ जनामध्ये २८ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ४५ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको