प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट : पहिलो खेलमा गण्डकी प्रदेश पराजित « Khabarhub

प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट : पहिलो खेलमा गण्डकी प्रदेश पराजित


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको छ।

सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सकेको हो। गण्डकीका लागि पूर्णता शाहीले १७ बलमा २ रन, शिला क्षेत्रीले २१ बलमा ४ रन, सृष्टी पौडेलले १० बलमा ८ रन, सीमाना केसीले २५ बलमा ४ रन, एलिशा लामिछानेले ७ बलमा ४ रन सातै अविजित रहेका ज्योत्सिन्का मरासिनीले १४ बलमा ६ साथै कुसुम गोदारले १९ बलमा ५ रन बनाए।

सुदूपश्चिमका लागि सुनिता लुहारले दुई साथै कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले एक–एक विकेट लिए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ४६ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक