नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त गरेका नयाँ मन्त्रीहरुको काममा रोक लगाउन मान राख्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रिट दायर गरेका हुन ।

उनले मन्त्री नियुक्ति तथा हेरफेर अवैधानिक भएको जिकिर गर्दै उनीहरुको काममा रोक लगाउनमा रिट दायर गरेको बताए ।

उनले भनेका छन्, “मन्त्रीहरुको नियुक्ति तथा हेरफेर अवैधानिक हो, उनीहरुको काममा रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको हुँ ।”

उक्त रिटमा सर्वोच्चले भोलिकै लागि पेशी तोकेको उनले जानकारी दिए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सात जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुका साथै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेरसमेत गरेका थिए ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका थिए । उक्त रिट निवेदनको पेसी बुधबारका लागि नै तोकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल