५.५७ अंकले बढ्यो नेप्से « Khabarhub

५.५७ अंकले बढ्यो नेप्से


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ ले घटेर ३८२.४४ पुगेको छ ।

कूल २०९ कम्पनीका ८० लाख एक हजार ३१४ कित्ता शेयर रु चार अर्ब नौ करोड २२ लाख २७ हजार ८०२ मूल्यमा खरिदबिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

निर्जीवन बीमा ११.८५, उत्पादन १९५.९ अन्य ५०.०७ र लघुवित्त ११.३७ अंकले बढ्दा बैंकिङ ९.७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५, वित्त २.१५, जीवन बीमा ७०.०२ र सामूहिक लगानी कोष ०.०१ अंकले घटेको छ ।

कारोवारका आधारमा नविल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५३ करोड एक लाख ७७ हजार ९९० बराबरको कारोवार भयो ।

यस्तै शिवम् सिमेन्ट्सको रु २७ करोड ९३ लाख ८० हजार ६४२, ग्लोबल आइएमई बैंकको रु २३ करोड ५० लाख ८७ हजार ७०५, हिमालयन डिष्टिलरीको रु २० करोड आठ लाख १३ हजार १०४, नेपाल लाइफ इन्स्योरेन्सको रु १८ करोड ९८ लाख ३५ हजार १३७, नेपाल पुर्नबीमा कम्पनीको रु १८ करोड ७७ लाख ३८ हजार ५४७ र एनआइसी एसिया बैंकको रु १५ करोड छ लाख ५९ हजार १६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

नागरिक लगानी कोषका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाए । यस्तै नारायणी डेभलपमेन्ट बैंक ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ७.५०, शिवम् सिमेन्टस् ५.६७, हिमालय डिष्टिलरी ४.८६ र एसविएल डिबेञ्चर २०८२ का लगानीकर्ताले ३.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले छ प्रतिशतले गुमाएका छन् । सेन्ट्रल फाइनान्स ४.०९, मितेरी डेभलपमेन्ट बैंक ३.८६, युनाइटेड इदिमर्दी हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.५३ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ०४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६