टेलिकमसँग जानकारी माग « Khabarhub

टेलिकमसँग जानकारी माग


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ, तराई-मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौताको विषयमा नेपाल टेलिकमसँग जानकारी माग गरेको छ ।

प्राधिकरणले टेलिकमलाई आज पत्र पठाउँदै उक्त सम्झौताको विषयमा सात दिनभित्र जानकारी उपलब्ध गराउन पत्र पठाएको जनाइएको छ ।

दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को नियम ११ मा ठूला पूर्वाधार निर्माण गर्न प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ तर टेलिकमले कुनै समन्वय नै नगरी सम्झौता गरेको पाइएपछि सम्झौताको विषयमा जानकारी माग गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

उनका अनुसार नेपाली सेना, प्राधिकरण र टेलिकमका अधिकारीबीच एक चरणमा छलफल भएको थियो तर सम्झौता गर्नुअघि प्राधिकरणसँग स्वीकृति लिनुपर्ने प्रावधान रहेकामा स्वीकृति नलिएको पाइएपछि जानकारी माग गरिएको हो ।

प्राधिकरणले सबै सेवा प्रदायकको मागअनुसार सहप्रयोग हुने गरी द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने विषयमा छलफल भइरहेको थियो भने वार्षिक कार्यक्रममा नै सो कुरा रहेको जनाइएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई सम्बोधन गरी लेखिएको सो पत्रमा बोधार्थ तथा अवगतार्थमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, मन्त्रालयका सचिव, रक्षा मन्त्रालय, सडक विभाग ललितपुर र काठमाडौँ–तराई मधेश द्रुतमार्ग परियोजना (नेपाली सेना) लाई उल्लेख गरिएको छ ।

टेलिकमले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित यही पुस १० गते शुक्रबार एक सहमति गरेको थियो ।

राजधानीलाई मधेससँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो (७२.५ किमी) सडकमा विभिन्न प्याकेजमा चरणगतरुपमा निर्माण हुने दु्रत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने भन्दै टेलिकमले सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : २३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय