‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई पक्राउ « Khabarhub

‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई पक्राउ


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ठगी आरोपमा पूर्वी रुकुम भुमे गाउँपालिका-३ मोरवाङ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले ‍उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार श्रेष्ठद्वयले नक्कली फेसबुक आइडीबाट विभिन्न मानिसहरूसँग कुराकानी गरी आफू नेदरल्यान्डको नागरिक भएको बताउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उक्त आइडीबाट चिनजान गरी कुराकानी गर्दै ह्वाट्सएप मार्फत् कुराकानी गरी नेपालमा घुम्न आउने, विवाह गर्ने, आइफोन, सुन गरगहना तथा डलर समेत पठाउने भन्दै विश्वसमा लिने गरेको पाइएको छ ।

विश्वासमा लिएर उनीहरूले आफ्नो नामको बैंक खाता र आइएमई समेतमा ४१ लाख ९८ सय ४ सय ५० रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको एसपी कार्कीले बताए।

ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले थप अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल