चीनले दुई दिनमै तयार गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु « Khabarhub

चीनले दुई दिनमै तयार गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – चीनले  दुई दिनमै निर्माण सम्पन्न गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु भएको छ ।

वुहानमा कोरोना भाइरसको प्रकोप फैलिएपछि त्यसको नियन्त्रणका लागि एक हजार शैयाको अस्पताल तयार भएको हो ।

६ दिनमा निर्माण सकिने भनिएको अस्पताल दुई दिनमै तयार भएपछि उपचार सुरु गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । सो अस्पतालमा मंगलबार रातिदेखि नै कोरोना भाइरस संक्रमितको उपचार सुरु भएको हो ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार एकदिनमै पूर्बाधार तयार गरिएको भवनको रंगरोगन र अरु काम कामदारहरुले बिश्राम नै नलिइकन खटिएर अस्पताल तयार गरेका हुन ।

गत डिसेम्बरदेखि चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा १ सय ३२ जनाको मृत्यु भइरसकेको छ भने ६ हजार भन्दा बढी संक्रमित छन ।

जापान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको छ ।

                                 चीनले दुई दिनमै तयार गरेको अस्पताल

 

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : ५८ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा