कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन डब्लुएचओको आह्वान « Khabarhub

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन डब्लुएचओको आह्वान


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय भए पनि त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको औंलाएका छन ।

कोरोना भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भन्ने निर्क्यौल गर्न डब्लुएचओले बिहिबार बैठक समेत आह्वान गरेको छ ।

त्यसअघि स्विट्जरल्याण्डको जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले चीनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जानुले भयावह अवस्थाको संकेत गरेको बताएका छन ।

डब्लुएचओका डा.माइक र्‍यान । तस्वीर : रोयटर्स

उनले भने ‘अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि संक्रमितको संख्या खासै धेरै छैन, तर अवस्था भने चिन्ताजनक नै हो ।’

कोरोनाका कारण सङ्क्रमितहरूको सङ्ख्या ७ हजार भन्दा बढी छ भने मृत्यु हुनेको संख्या १७० पुगेको डब्लुएचओले जनाएको छ ।

सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या समेत  देखिएका छन्। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएपछि डब्लुएचओले चेतावनी दिदै साबधानीका लागि अपिल गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ४८ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा