कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन डब्लुएचओको आह्वान « Khabarhub

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन डब्लुएचओको आह्वान


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय भए पनि त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको औंलाएका छन ।

कोरोना भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भन्ने निर्क्यौल गर्न डब्लुएचओले बिहिबार बैठक समेत आह्वान गरेको छ ।

त्यसअघि स्विट्जरल्याण्डको जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले चीनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जानुले भयावह अवस्थाको संकेत गरेको बताएका छन ।

डब्लुएचओका डा.माइक र्‍यान । तस्वीर : रोयटर्स

उनले भने ‘अन्य मुलुकमा कोरोनाको संक्रमण देखिए पनि संक्रमितको संख्या खासै धेरै छैन, तर अवस्था भने चिन्ताजनक नै हो ।’

कोरोनाका कारण सङ्क्रमितहरूको सङ्ख्या ७ हजार भन्दा बढी छ भने मृत्यु हुनेको संख्या १७० पुगेको डब्लुएचओले जनाएको छ ।

सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या समेत  देखिएका छन्। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएपछि डब्लुएचओले चेतावनी दिदै साबधानीका लागि अपिल गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : ४८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने