विद्युतको सय रुपैयाँ महशुल बुझाउँदा १५ सय खर्च « Khabarhub

विद्युतको सय रुपैयाँ महशुल बुझाउँदा १५ सय खर्च


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटी जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य एक सय रुपैयाँ बुझाउन एक हजार ५ सय रुपैयाँ खर्च गर्नु परिरहेको छ ।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो नियति झैल्दै आएका छन्

जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ । महशुल तिर्न आउँदा करिब एक हजार ५ सय रुपैयाँ खर्च हुने गरेको बाझकाकाँनीका नरेश खड्काले बताए ।

उनले भने, ‘हामी त अलि नजिक छौँ, दहकालिका, तोलेनीलगायतका गाउँका जनताले त ३ सय रुपैयाँ सम्म गाडी भाडा तिरेर महशुल बुझाउन आउनुपर्छ । त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ ।’

त्यस्तै सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंहले गाउँमा टिभी पनि छैन, फ्रिज हुँदैन, पानी तान्ने मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महशुल कम रकम आउँछ, कसैको त १ सय रुपैयाँ सम्म पनि पुग्दैन । त्यही रकम तिर्न एक हजार ५ सय भन्दा बढी खर्च हुने गरेको गुनासो गरे ।

उनले भने, ‘पहिला पहिला त नुन, तेल, साबुन, चिनी, लुगाकपडा ल्याउने निहुँले दिपायल आउँथ्यौँ, अहिले सबैकुरा यताको भन्दा गाउँमा पाइन्छ, एक सय रुपैयाँ तिर्न एक हजार बढी खर्च गर्नुपर्ने हुन्छ ।’

सायल गाउँपालिकाका तेज डुम्रेलले भने, ‘गरिब जनताले कहाँबाट त्यति रकम तिर्न सक्छ,विद्युत् महशुल गाउँमा लिने व्यवस्था हुनु पर्छ ।’

गाउँमा बैंकिङ सेवा मार्फत महशुल बुझाउन ध्यानदिने केआइसिंह गाउँपालिका वडा नं ५ का स्थानीय शेरेन्द्रविक्रम शाहीले आग्रह गरे ।

नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशीले डोटीका ग्रामीण भेकमा तत्कालै विद्युत् महशुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताए । उनले भने, ‘गाउँघर टाढा पनि छन् र हामीसँग कर्मचारीको पनि अभाव रहेकाले तत्काल विद्युत् महशुल बुझाउने काउण्टर खोल्न समस्या भएको हो ।’ पिपल्लामा रहेको विद्युत् काउण्टरमा दैनिक सेवा ग्राहीको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ९ : ०९ बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा