माइक्रोसफ्टको लापरबाही, २५ करोड प्रयोगकर्ताको डाटा खतरामा « Khabarhub

माइक्रोसफ्टको लापरबाही, २५ करोड प्रयोगकर्ताको डाटा खतरामा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  माइक्रोसफ्टको लापरवाहीले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ ।

यद्पी कम्पनीले एक विज्ञप्तिमार्फत गल्तिहरु सच्याइ सकिएकाले अब डाटामा असुरक्षा नरहेको प्रष्ट्याएको छ ।

माइक्रोसफ्टले साबधानी नपनाउँदा प्रयोगकर्ताहरुको गोप्य डाटाहरु पनि बाहिरिएको भन्दै रिसर्च टिम बब डियान्चको कम्पेरिटेकले रिर्पोट गरेपछि माइक्रोसफ्टको लापरबाही उदांगिएको थियो ।

रिर्पोट अनुसार माइक्रोसफ्टको कस्टमर सर्पोट र कस्टमरकाबीचको कुराकानी डाटामार्फत लिक भएका थिए । यो कुराकानी माइक्रोसफ्ट र कस्टमरकाबीच सर्पोटको विषयसँग सम्वन्धित थियो ।

माइक्रोसफ्टले डाटाको सर्भरलाई बिना सेक्योरिटी राखेपछि समस्या उत्पन्न भएको थियो । सेक्योरिटीबिनाका डाटालाई प्रयोगकर्ताले आफ्नो वेब ब्राउजरबाट एक्सेस गर्दै आएका थिए ।

सेक्योरिटी टीम बब डियान्चेको आफ्नो रिर्पोटमा लीक भएको डाटामा २००५ देखि २०१९ सम्मको कस्टमर लग रहेको दाबी गरेको छ । यो तहको हेलचेक्राईपछि माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरुसँग माफी मागेको छ ।

उसले भविष्यमा यस्तो गल्ति नदोहोरिने  प्रतिबद्दता समेत जनाएको छ । माइक्रोसफ्टले असुरक्षित डाटाबेसलाई ३१ डिसेम्वर २०१९ देखि सुरक्षित गरिसकिएको समेत जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ०८ बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको