घर बसेरै गर्नुहोस् विधिपूर्वक सरस्वती पूजा (पूजाविधि र मन्त्रसहित) | Khabarhub Khabarhub

घर बसेरै गर्नुहोस् विधिपूर्वक सरस्वती पूजा (पूजाविधि र मन्त्रसहित)


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज ज्ञान, कला, संगीत तथा सिर्जनाकी देवी सरस्वतीको पूजाको दिन । हरेक बर्ष आजको दिन अर्थात माघ शुक्ल पञ्चमीको दिनमा सरस्वतीको पूजाआराधना गरी मनाइन्छ ।

यस अवसरमा सरकारले आज शैक्षिक संस्थाहरुलाई बिदा दिएको छ । सरस्वती पूजाको दिनलाई वसन्त पञ्चमी वा श्रीपञ्चमी पनि भनिन्छ । सरस्वतीको विधिपूर्वक पूजा गरेमा विद्या, वाणी र प्रशिद्धि प्राप्ती हुने आस्था रहँदै आएको छ ।

आजको दिन देशभरका शिक्षण संस्थाहरुमा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको सामुहकि पूजा अर्चना गर्दैछन् ।

विद्यालय प्रवेश गराउनु अघि बालबालिकालाई अक्षर आरम्भ गराउन पनि आजको दिनलाई उत्तम साइत मानिन्छ । साथै कुनै पनि नयाँ कार्यको थालनी गर्ने आज वर्षभरीको सर्वोत्तम साइत हो ।

सृष्टि निर्माणका क्रममा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भएपछि देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए ।

त्यसपछि देवी लक्ष्मीले तीन देवतालाई आ–आफ्नो गुण अनुसार देवी उत्पन्न गर्न स्तुती गरिन् । जस अनुसार भगवान शिवले तमोगुण महाकाली, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मी र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे । त्यसपछि सरस्वतीलाई विद्याकी देविका रुपमा पुज्न थालियो ।

यसरी गर्नुहोस् सरस्वतीको पूजा

प्रथमत पहेंलो, सेतो वा केसरी रंगको वस्त्रलाई आसन बनाई सरस्वतीको मूर्तिलाई त्यस आसनमा राख्नुहोस् । देवीको पूजाका लागी सेतो वा पहेंलो फूल तयार पार्नुहोस् । प्रसादकामा सिजन अनुसारका फल, खीर, मालपुवा तयार पार्नुहोस् ।

त्यसपछि दाहिने हातमा पवित्र जल लिई यो मन्त्र भन्नुहोस्:

ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्षः पुनातु ।।

मन्त्रको उच्चारण गर्दै ३ पटक हातमा जल लिई आफूमाथि र तयारी अवस्थामा रहेको पूजा सामग्रीमाथि छर्किनुस् । त्यसपछि तलको मन्त्रोच्चारण गर्दै आचमन गर्नुहोस् ।

ॐ केशवाय नमः, ॐ माधवाय नमः, ॐ नारायणाय नमः

आचमन पछि हात धुनुहोस् । अनि पुनः आसन शुद्धिका लागी यो मन्त्र पढ्नुुहोस्

ॐ पृथ्वी त्वयाधृता लोका देवि त्यवं विष्णुनाधृता ।
त्वं च धारयमां देवि पवित्रं कुरु चासनम् ।।

शुद्धि पश्चात निधारमा साहिँली औंलाले केशरीको चन्दन लगाउँदै यो मन्त्र उच्चारण गर्नुहोस् ।

चन्द सुमहत्पुण्यम् पवित्रं पापनाशनम् ।
आपदां हरते नित्यम् लक्ष्मी तिष्ठतु सर्वदा ।।

त्यसपश्चात पूजाका लागी हातमा तिल, फूल, अक्षता, मिठाइ र फल लिएर तलको संकल्प मन्त्र पढ्नुहोस् ।

यथोपलब्ध पूजन सामग्री भिः भगवत्यास् सरस्वत्यास् पूजनमहं करिष्ये ।

यति मन्त्र उच्चारण गरे पश्चात भगवान गणेशको आराधनाका लागी हातमा रातो फुल लिई यो मन्त्र पढ्नुहोस् ।

गजाननम्भूत गणादिसेवितं कपित्थ जम्बू फलचारुभक्षणम् ।
उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वरपादपंकजम् ।

मन्त्र उच्चारण सकेपछि हातमा लिएको फुल गणेशलाई अर्पण गर्नुहोस् । त्यसपछि हातमा अक्षता लिएर यो मन्त्र उच्चारण गर्दै गणेशको आह्वान गर्नुहोस् ।

ॐ गं गणपतये इहागच्छ इह तिष्ठ ।।

अब अक्षता अर्पण गर्नुहोस् । र पवित्र जल लिएर यो मन्त्र उच्चारण गर्नुहोस् ।
एतानि पाद्याद्याचमनीयस्नानीयं, पुनराचमनीयम् ॐ गं गणपतये नमः ।

अब रक्तचन्दन लगाउन यो मन्त्र पढ्नुहोस्
इदम् रक्त चंदनम् लेपनम् ॐ गं गणपतये नमः ।

त्यसैगरी श्रीखण्ड चन्दन भन्दै चन्दन लगाउनुस् र सिन्दूर अर्पण गर्न यो मन्त्र पढ्नुहोस् ।
इदं सिन्दूराभरणं लेपनम् ॐ गं गणपतये नमः ।

त्यसपछि दूबो र बेलपत्र अर्पण गर्दै रातो वा पहेंलो वस्त्र चढाउन यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं पीत वस्त्रं ॐ गं गणपतये समर्पयामि ।

त्यसपश्चात गणेशलाई प्रसाद अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं नानाविधि नैवेद्यानि ॐ गं गणपतये समर्पयामि ।

त्यसपछि मिष्ठान्न अर्पण गर्न यो मन्त्र पढ्नुहोस् ।
इदं शर्करा घृत युक्त नैवेद्यं ॐ गं गणपतये समर्पयामि ।

प्रसाद अर्पण गरेपछि गणेशलाई यो मन्त्र पढेर आचमन गराउनुहोस् ।
इदं आचमनयं ॐ गं गणपतये नमः ।

त्यसपछि पान सुपारी चढाउन यो मन्त्र पढ्नुहोस् ।
इदं ताम्बूल पुगीफल समायुक्तं ॐ गं गणपतये समर्पयामि ।

त्यसपछि एउटा फूल लिएर गणपतिलाई चढाउदै यो मन्त्र उच्चारण गर्नुहोस् ।
एषस् पुष्पाञ्जली ॐ गं गणपतये नमः ।

गणपति पूजनपछि सूर्य सहित नवग्रहको पूजा गर्नुहोस् । त्यसपछि सरस्वतीको पूजा आरम्भ गर्नुहोस् ।

शुरुमा यस मन्त्रद्धारा ध्यान गर्नुहोस् ।

सरस्वती महाभागे विद्या कमललोचने ।
विश्वरूपे विशालाक्षी विद्यां देहि विद्यांवरे ।।

त्यसपछि प्रतिष्ठाका लागी हातमा अक्षता लिई यो मन्त्र उच्चारण गर्नुहोस् ।
ॐ भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ ।

यस मन्त्रोच्चारण पश्चात अक्षता अर्पण गरी जल हाली पाद्य र आचमन गराउनुहोस् ।
एतानि पाद्याद्याचमनीय स्नानीयं, पुनराचमनीयम् ।

प्रतिष्ठापछि सरस्वतीलाई यो मन्त्र उच्चारण गर्दै स्नान गराउनुस् ।

ॐ मन्दाकिन्या समानीतैः हेमाम्भोरुहवासितैः स्नानं कुरुष्व देवेशि, सलिलं च सुगन्धिभिः ।।
ॐ श्री सरस्वतयै नमः ।।

त्यसपछि चन्दन अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं रक्त चंदनम् लेपनम् ।

त्यसपछि सिन्दूर अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं सिन्दूराभरणं ।

त्यसपछि फुल अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।

ॐ मन्दारपारिजाताद्यैरनेकैः कुसुमैः शुभैः ।।
पूजयामि शिवे, भक्तया, सरस्वतयै नमो नमः ।।
ॐ सरस्वतयै नमः, पुष्पाणि समर्पयामि ।।

अब वस्त्र अर्पण गर्न यो मन्त्र उच्चारण गर्नहोस् । वस्त्र सेता वा पहेलो अर्पण गर्नुहोस् ।
इदं पीत वस्त्र समर्पयामि ।

अब प्रसाद अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं नानाविधि नैवेद्यानि ॐ सरस्वतयै समर्पयामी ।

त्यसपछि मिष्ठान्न अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं शर्करा घृत समायुक्तं नैवेद्यं ॐ सरस्वतयै समर्पयामि ।

त्यस पश्चात सरस्वतीलाई आचमन गराउन यो मन्त्र उच्चारण गर्नुहोस् ।
इदं आचमनयं ॐ सरस्वतयै नमः ।

आचमन सकेर अब सुपारी अर्पण गर्न यो मन्त्रको उच्चारण गर्नुहोस् ।
इदं ताम्बूल पुगीफल समायुक्तं ॐ सरस्वतयै समर्पयामि ।

सुपारी अर्पण पछि फूल अर्पण गर्दै पूजा समाप्त गर्न यो मन्त्र उच्चारण गर्नुहोस् ।
एषस् पुष्पाञ्जलि ॐ सरस्वतयै नमः ।

यसरी पूजा सकेपछि एउटा फुलमा चन्दन र अक्षता लगाई किताब वा अभ्यास कपीमा राख्नुहोस् । त्यसपश्चात अन्त्यमा देवी सरस्वतीको आरती गाउनुहोस् । आरती सकेपछि मुख्य पूजाकर्ता वा पूजारीका हातबाट टिका ग्रहण गरी प्रसाद लिनुहोस् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : १७ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ