विश्वका धेरै जाम हुने १० शहरमा भारतका ४ वटा, कुन देशको अवस्था कस्तो ? « Khabarhub

विश्वका धेरै जाम हुने १० शहरमा भारतका ४ वटा, कुन देशको अवस्था कस्तो ?


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारी जामका कारण हैरानी खेप्नु परेको समस्या नेपालमा नौलो होइन ।

मुख्य चोकहरुमा हुने जामलाई लिएर बेलाबखतमा समाचारहरु सार्वजनिक हुने गरेको छ । केही वर्षअघि सम्म कलंकीको जाम थानकोटसम्म पुगेको भन्दै सरकारको आलोचना हुने गरेको थियो ।

तर कलंकिमा अन्डरपास बनेपछि त्यो समस्या समाधान भएको छ । तर अहिले कोटेश्वर जडिबुटी सडक खण्डको जामले त्यस क्षेत्रका मानिस हैरान भएका छन् ।

कतिपयले विदेशमा जाम नहुने भन्दै सरकारको आलोचनामा गर्ने गरेका छन् । तर एक अध्ययनका अनुसार भने विश्वका केही सहरमा निकै ठूलो जाम हुने गरेको छ । जसमा छिमेकी मुलुक भारत शीर्ष स्थानमा परेको छ ।

‘शहरी यातायाता’ का बारेमा काम गर्ने एक संस्था ‘टमटम’ ले गरेको अध्ययन अनुसन्धानको नवौं संस्करण प्रकाश भएको छ जसमा सबैभन्दा भीडभाड र ट्राफिक भएको शहरहरुको नाम उल्लेख गरिएको छ ।

सर्वेक्षणका अनुसार भीडभाड र जाम हुने शहरको टप १० मा भारतका चार शहर परेका छन् ।

भारतको बेग्लुरु पहिलो स्थानमा रहेको छ भने फिलिपिन्सको मनिला दोस्रो नम्बरमा परेको छ ।

तेस्रो स्थानमा कोलम्बियाको बोगोटा, चौथोमा भारतको मुम्बइ, पाँचौमा भारतकै पुणे, छैठौंमा रसियाको मस्को, सातौमा पेरुको लिमा, आठौंमा भारतको नयाँ दिल्ली, नवौंमा टर्कीको स्तानबुल परेका छन् । १० औंमा इन्डोनेशियाको जाकर्ता रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ०६ बजे

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना

राष्ट्र बैंकलाई केही अधिकार अर्थ मन्त्रालयभन्दा माथि नजाने गरी चाहिन्छ : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले नेपाल राष्ट्र