सुर्खेतमा आज पनि तनाव, प्रहरीको लाठीले बालकको दाँत झर्‍यो « Khabarhub

सुर्खेतमा आज पनि तनाव, प्रहरीको लाठीले बालकको दाँत झर्‍यो


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन ।

मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् ।

टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन् ।

वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका छन् । उनको दाँत झर्नुका साथै ओठमा चोट लागेको छ । प्रहरीले सोही स्थानबाट आठ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन् । पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको व्यवसायीको आरोप छ ।

सुर्खेत उद्योग वाणिज्य सङ्घले पनि प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको प्रतिक्रिया दिएको छ ।

पीडित परिवार सङ्घर्ष समिति संयोजक राजन सिंहले प्रशासनले समयमै टिपरधनीको खोजी गर्न नसकेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताए । सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन । शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको जानकारी दिए ।

“टिपरधनी हरि बिसी सम्पर्कमा आउनुभयो, अहिले वार्ता भइरहेको छ”, उनले भने । चालक वीरेन्द्रनगर–१० का राजकुमार बोहरालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ ।

मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नंको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : २३ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा