अब घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने « Khabarhub

अब घरमै बसेर गंगालाल अस्पतालको टिकट काट्न सकिने


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अब अस्पतालको टिकट काट्न लाइन बस्नु नपर्ने भएको छ ।

अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने गरी प्रभु पेबाट सजिलै टिकट काट्न सकिने छ । गंगालाल अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने भएको हो ।

प्रभु पेका अनुसार बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेटमार्फत शहिद गंगालाल अस्पतालको ओपिडी टिकट लिन सक्ने प्रभु पेले जानकारी दिएको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रभु पे मोवाइल वालेट मार्फत अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालको २४ औं बार्षिकोत्सवको अवसरमा जानकारी दिएका हुन् ।

‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता बिस्तारै कम हुदै जाने तथा मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने भएपछि बिरामीलाई सुबिधा हुने अधिकारीको भनाई रहेको छ । उनले भने, ‘अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।’

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि शहिद गंगालाल अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।

अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छानेर आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ ।

जसमा विरामीले आफ्नो सबै विवरण भरे पछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ । अस्पतालले हाललाई जनरल ओपिडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  २ : २९ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा