क्रिस गेलले पोखरा राइनोजबाट खेल्ने « Khabarhub

क्रिस गेलले पोखरा राइनोजबाट खेल्ने


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस गेलले एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

पोखरा राइनोजले बिहीबार पत्रकार सम्मेलन गरि गेल आफ्नो आइकनिक खेलाडी रहेको जानकारी दिएको हो ।

गेल विश्व क्रिकेटमा लामो सर्ट प्रहार गर्न माहिर खेलाडी हुन् । उनी नेपाल आउने चर्चा लामो समयदेखि चल्दै आएको थियो ।
काठमाडौं आउने पक्का भएका गेलले खेल भने मात्रै २ वटा खेल्नेछन् ।

तर, उनले ईपीएल खेल्न निश्चित भने बिहीबार मात्रै भएको हो । पोखरा अघिल्लो बर्ष रिचार्ड लेभि लगायतका खेलाडी हुँदा पनि समुह चरणबाटै आउट भएको थियो।

दक्षिण अफ्रिकाका हासिम अमला, वेष्ट इन्डिजका अर्का खेलाडी ड्यान स्मिथ र अफगानिस्तान मोहम्मद साहजाद, इङ्ग्ल्यान्णका लायम पुलेक्केट, श्रीलंकाका उपल थरंगाले ईपीएल खेल्ने पक्का भइसकेको छ ।

स्मिथले भैरहवा, थरंगाले ललितपुर, गेलले पोखरा र साहजादले चितवनबाट खेल्ने निश्चित भइसकेको छ भने अमला र पुलिक्केटले कुन टोलीबाट खेल्ने भन्ने पक्का भएको छैन ।

तेस्रो संस्करणको ईपीएल चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ३ : ३६ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ